पेट्रोलको मूल्य बढ्यो
152 पटक पढिएको
काठमाडौँ ,१६ मंसिर २०८१ ।नेपाल आयल निगमले पेट्रोलको मूल्यवृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यवृद्धि गरेको हो।
पेट्रोलमा प्रतिलिटर एक, हवाई इन्धन (आन्तरिक) मा दुई रूपैयाँ र हवाई इन्धन (अन्तराष्ट्रिय) मा प्रतिकिलोलिटर काठमाडौँमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ।
मूल्यवृद्धि भएपछि अब पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १६०, सुर्खेत र दाङमा १५९ र अन्य क्षेत्रमा १५७.५० रूपैयाँ पर्नेछ।
त्यस्तै हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १२८ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ।