उपनिर्वाचनको ३८ पदको अन्तिम परिणाम सार्वजनिक
252 पटक पढिएको
काठमाडौं । शुक्रवार सम्पन्न भएको विभिन्न ४१ पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनको ३८ पदको अन्तिम परिणाम सार्वजनिक भईसकेको छ । बाँकी ३ पदको नतिजा आउन बाँकी छ । बाँकी रहेका ३ पदको मतगणना चलिरहेको छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष र उदयरपुरको वेलका वडा नम्बर ९ को मतगणना जारी छ ।
मतपरिणाम आएकामा नेपाली कांग्रेसले १६ वडाध्यक्ष जितेको छ ।
नेकपा (एमाले)ले १ गाउँपालिका ध्यक्ष, १ उपाध्यक्ष र ५ वडाध्यक्ष जितेको छ ।
यता, नेकपा (माओवादी केन्द्र)ले १ गाउँपालिका अध्यक्ष, १ उपमेयर, १ उपाध्यक्ष र ६ वडाध्यक्ष जितेको छ ।
यसैगरी, जसपाले २, एकीकृत समाजवादीले १, रास्वपा १, नेमकिपाले १ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका छन् ।
मतगणना जारी रहेको कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसले अग्रता लिइरहेको छ भने गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ को भने विवादका कारण मतगणना स्थगित भएको छ । जहाँ बदर मत बढी भएपछि विवाद सुरु भएको भएको छ ।
यी कांग्रेसले जितेका पद
अर्जुन प्रसाद तिवारी, वडा अध्यक्ष, हेटौडा उपमहानगरपालिका १२
आनन्द श्रेष्ठ, वडा अध्यक्ष, मुसिकोट नगरपालिका १
प्रकाश चन्द, वडा अध्यक्ष, भीमदत्त नगरपालिका ६
अमिन थारु, वडा अध्यक्ष, ठाकुरबाबा नगरपालिका ४
तेतर साहु, वडा अध्यक्ष, गढी गाउँपालिका ६
समसे आलम, वडा अध्यक्ष, राजपुर नगरपालिका ६
राजेन्द्र बानियाँ, वडा अध्यक्ष, कीर्तिपुर नगरपालिका ४
धिरेन्द्र पुजारा, वडा अध्यक्ष, सूर्मा गाउँपालिका ४
भुपमणी पुन मगर, वडा अध्यक्ष, रुन्टीगढी गाउँपालिका ४
शेख अब्दुल खलिक, वडा अध्यक्ष, ईशनाथ नगरपालिका ७
मोती राम खत्री, वडा अध्यक्ष, सानीभेरी गाउँपालिका ५
इच्छा कुमार महर्जन, वडा अध्यक्ष, कीर्तिपुर नगरपालिका १
मोहन थापा, वडा अध्यक्ष, पूर्वीचौकी गाउँपालिका ६
नगेन्द्र लिम्बु, वडा अध्यक्ष, लालीगुराँस नगरपालिका ८
धन सिंह कुंवर, वडा अध्यक्ष, दुहुँ गाउँपालिका ५
खम्ब बहादुर सिँह, वडा अध्यक्ष, कुसे गाउँपालिका ७
एमालेले जितेका पद
जंग बहादुर शाही, अध्यक्ष, महाबु गाउँपालिका
सुलोचना कुमारी भण्डारी, उपाध्यक्ष, स्वामीकार्तिक खापर गाउँपालिका
मोहमद ताहिर मुसलमान, वडा अध्यक्ष, शुद्धोधन गाउँपालिका १
सकिवुल खाँ, वडा अध्यक्ष, रामगोपालपुर नगरपालिका २
लाल बहादुर शाही, वडा अध्यक्ष, दुल्लु नगरपालिका १३
गंगा वहादुर तामाङ, वडा अध्यक्ष, मोलुङ गाउँपालिका ५
कुमारी सावादेन, वडा अध्यक्ष, सिरीजङ्घा गाउँपालिका ३
माओवादी केन्द्रले जितेका पद
नमो नारायण माझी, अध्यक्ष, ग्रामथान गाउँपालिका
देवका लामिछाने, उप-मेयर, नलगाड नगरपालिका
नरपुरा बुढा, उपाध्यक्ष, पुथा उत्तरगंगा गाउँपालिका
कृष्ण घिमिरे, वडा अध्यक्ष, ककनी गाउँपालिका २
नविन कुमार वान्तवा राई, वडा अध्यक्ष, त्रियुगा नगरपालिका १२
शुनिल कापर केवट, वडा अध्यक्ष, धनुषाधाम नगरपालिका १
बिष्णु बहादुर मगर, वडा अध्यक्ष, गोरखा नगरपालिका ५
नर बहादुर झाक्री, वडा अध्यक्ष, त्रिपुरासुन्दरी नगरपालिका ५
जगत घर्ती, वडा अध्यक्ष, पुथा उत्तरगंगा गाउँपालिका २
जनता समाजवादी पार्टीले जितेका स्थान
धिरेन्द्र कुमार साह, वडा अध्यक्ष, डाक्नेश्वरी नगरपालिका १
देवेन्द्र प्रसाद यादव, वडा अध्यक्ष, डाक्नेश्वरी नगरपालिका ४
राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका स्थान
रोजिना श्रेष्ठ, वडा अध्यक्ष, काठमाडौँ महानगरपालिका १६
नेपाल मजदुर किसान पार्टीले जितेका स्थान
खड्ग राज शाही, वडा अध्यक्ष, तिलागुफा नगरपालिका ४
एकीकृत समाजवादीले जितेका स्थान
बजरंगी प्रसाद यादव, वडा अध्यक्ष, गढीमाई नगरपालिका ८
स्वतन्त्रले जितेका स्थान
लक्ष्मी प्रसाद ओली, वडा अध्यक्ष, कन्काई नगरपालिका ६