बाल यौन दुरव्यवहार गरेको कसुरमा ७८ वर्षीय डम्बरबहादुरलाई एक वर्ष कैद सजायँ
528 पटक पढिएको
धादिङ, २५ मंसिर २०८१ । बालिकालाई बाल यौन दुरव्यवहार गरेको कसुरमा धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ७ का ७८ वर्षीय डम्बरबहादुर दहाललाई एक वर्ष कैद सजायँ हुने भएको छ ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले ९ वर्षीया बालिकालाई बाल यौन दुरव्यवहार गरेको कसुरमा धुनीबेसी नगरपालिका–७ का दहाललाई कैद गर्ने फैसला सुनाएको हो ।
कसुरदारलाई एक वर्ष कैद, २० हजार जरिवाना र ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गर्नुभएको जिल्ला अदालतका सूचना अधिकारी ध्रुब सुवेदीले जानकारी दिनुभयो ।
०८१ कात्तिक ४ गते जबरजस्ती करणी उद्योग गरेको आरोपमा कसुरदार विरुद्ध पीडित पक्षले कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको धादिङ अस्पतालमा कात्तिक ५ गते स्वास्थ्य परिक्षण भयो ।
घटनाको प्रकृति र प्राप्त प्रमाणहरुको आधारमा जिल्ला अदालतले जबरजस्ती करणी उद्योग नभइ यौन दुरव्यवहारमा परिणत गरि कसुरदारलाई सजायँ गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय धादिङ मार्फत कात्तिक २८ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा कात्तिक २९ गतेदेखि कसुरदार थुनामा थिए ।








Trusted by Iraq’s top industries, BWER Company provides innovative weighbridge systems, enabling seamless load monitoring and weight compliance for transport, construction, and agriculture sectors.
Blue Techker You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!