धादिङमा एकीकृत समाजवादीलाई कार्यकर्ता जोगाउनै हम्मे हम्मे

357 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,१४ पुस । नेकपा एकीकृत समाजवादीलाई धादिङ जिल्लामा नेता कार्यकर्ता जोगाउन मुस्किल पर्न थालेको छ ।

पार्टीका केन्द्रिय नेता कृष्णप्रसाद अर्यालको नेत्तृत्वमा जिल्ला नेताहरु नेकपा एमालेमा प्रवेश गरेको भोलिपल्टै धादिङको नेत्रावती डवजङ गाउँपालिकामा वागमती प्रदेश कमिटिका सदस्य डोलबहादुर अधिकारीको नेत्तृत्वमा सिंगो गाउँपालिका कमिटी माओवादी केन्द्रमा विलय भएको छ ।

माओवादी केन्द्र निकट रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीका अनुसार समाजवादीबाट बागमती प्रदेश कमिटी सदस्य डोलबहादुर अधिकारी,जिल्ला कमिटी सदस्य एबम किसान महासंघका जिल्ला उपाध्यक्ष पुसक बहादुर अधिकारी ,जिल्ला कमिटी सदस्य हरि प्रसाद सापकोटा ,जिल्ला कमिटी सदस्य प्रेम बहादुर तामाङ ,पालिका कमिटी अध्यक्ष डम्बर बहादुर अधिकारी ,उपाध्यक्ष मान सिङ तामाङ,पन्च बहादुर तामाङ ,आस बहादुर तामाङ लगायतका सिङ्गो पालिका कमिटी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )संग  एकीकरण भएको हो ।

माओवादी पार्टीमा नलागेको भन्दै डोलबहादुर अधिकारीलाई २०५९ असोज १० गते बिहीबारका दिन माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटपिट गरी खुट्टा भाँचिदिएका थिए । लामो समयको उपचार पछि अधिकारी निको भएका थिए । त्यतिबेला पार्टी विरुद्ध सुराकी गरेको भन्दै खुट्टा तासेर मरणासन्न अवस्था बनाएर उनलाई छाडिएको थियो ।

एमाले धादिङको जिल्ला कमिटि सदस्य हुंदै एकीकृत समाजवादीको वागमती प्रदेश कमिटी सदस्य बन्न पुगेका अधिकारी पछिल्लो समय राजनितिमा निष्क्रिय भएका थिए । डोलबहादुर सँगै माओवादी केन्द्र प्रवेश गरेका डम्बर बहादुर अधिकारी पूर्व वडाअध्यक्ष हुन् । २०७४ मा एमालेबाट वडाअध्यक्षमा विजयी डम्बर बहादुर पार्टी विभाजन संगै समाजवादी प्रवेश गरेका थिए ।

नेकपा माओवादी केन्द्रले नेत्रावती डवजोङ गाउँपालिकामा नेकपा एसको सबै तहका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरी पार्टीनै विलय भएको दावी गरेपनि नेकपा एसको तर्फबाट कुनै प्रतिकृया आएको छैन ।


One thought on “धादिङमा एकीकृत समाजवादीलाई कार्यकर्ता जोगाउनै हम्मे हम्मे

  1. Attractive section of content. I just stumbled upon your web page site and in accession capital to assert that I acquire actually enjoyed account
    your blog posts. Anyway I’ll be subscribing to your augment and even I achievement you access consistently quickly.

Leave a Reply

Your email address will not be published. Required fields are marked *