अमेरिकामा भीषण हिमपात ६ करोड मानिस प्रभावित
130 पटक पढिएको

एजेन्सी । अमेरिकामा भीषण हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । केही राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी, मिसौरीलगायत राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको हो । हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडान रद्द गर्नुपरेको छ । विद्यालयहरू बन्द गरिएको छ ।
भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ । कन्सास र मिसौरी हाल सबैभन्दा बढी प्रभावित छन् । त्यहाँका केही क्षेत्रमा आइतबार दिउँसोदेखि १० इन्चसम्म हिमपात भएको छ ।
कान्सासका अधिकारी ब्रायन प्लाटले भन्नुभयो, ‘पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको छैन । त्यहाँको मौसम विभागका अनुसार, देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान छ ।
2 thoughts on “अमेरिकामा भीषण हिमपात ६ करोड मानिस प्रभावित”
Comments are closed.
Wonderful web site Lots of useful info here Im sending it to a few friends ans additionally sharing in delicious And obviously thanks to your effort
Noodlemagazine Nice post. I learn something totally new and challenging on websites