धादिङका पाँच पालिकाको संघीय समपुरक अनुदान घट्यो , चार पालिकामा बढ्यो ,चार पालिकामा यथावत
448 पटक पढिएको

धादिङ, १३ माघ २०८१ ।संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई दिंदै आएको समपुरक अनुदान वितरण गर्ने कार्यविधिमा संशोधन गरेको छ ।
यस अघि प्रयोगमा रहेको समपुरक कार्यविधि २०७७ खारेज गर्दै संघीय सरकारले समपुरक अनुदान सम्वन्धी कार्यविधि २०८१ जारी गरेको छ । स्थानीय तहको बर्गिकरण सहित जारी गरिएको नयाँ कार्यविधि अनुसार अब स्थानीय तहले समपुरक अनुदान पाउने छन् ।
संशोधित कार्यविधि अनुसार धादिङको १३ मध्ये पाँच वटा पालिकाको अनुदानमा पहिले पाईरहेको भन्दा १० प्रतिशत कटौती भएको छ भने चार वटा पालिकामा अनुदान यथावत रहेको छ २ वटामा २० प्रतिशत, एकमा १० प्रतिशत र १ मा ३० प्रतिशत अनुदान थप हुने भएको छ यस अघिको कार्यविधि अनुसार सबै पालिकाले संघीय समपुरक अनुदान ५० प्रतिशत पाउने गरेका थिए ।
नयाँ कार्यविधि अनुसार देशभरका स्थानीय तहलाई ७ तहमा बर्गिकरण गरिएको छ । धादिङ जिल्लामा भने पाँच तहमा मात्रै बर्गिकरणमा परेका छन् ।
धादिङ जिल्लाका १३ पालिका स्थानीय मध्ये रुवीभ्याली गाउँपालिका बर्गिकरणको क वर्गमा परेको छ, रुवीभ्यालीले अब जिल्लामै सबैभन्दा धेरै अनुदान पाउनेछ ।
कार्यविधि अनुसार क वर्गमा परेको पालिकाले संघीय सरकारबाट समपुरक अनुदान ८० प्रतिशत पाउनेछन् । समपुरक अनुदानबाट छनौट भएका योजनाहरुको लागि अब पालिकाले २० प्रतिशत रकम विनियोजन गर्नुपर्नेछ ।
धादिङको खनियावास र नेत्रावती डवजोङ गाउँपालिका ख वर्गमा परेका छन् । ख वर्गमा परेका पालिकाले ७० प्रतिशत अनुदान पाउनेछन् । यि पालिकामा समपुरक अनुदानबाट छनौट भएका योजनाका लागि अब स्थानीय तहबाट ३० प्रतिशत रकम छुट्याउनु पर्नेछ ।
गंगाजमुना गाउँपािलका ग वर्गमा परेको छ । ग वर्गले अब ६० प्रतिशत समपुरक अनुदान पाउनेछ भने ४० प्रतिशत पालिकाबाट विनियोजन गरी योजना कार्यान्वयन गर्नुपर्नेछ ।
जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, सिद्धलेक र गजुरी गाउँपालिका नयाँ कार्यविधि अनुसार घ वर्गमा परेका छन् यि पालिकाले समपुर अनुदानबाट सञ्चालन हुने योजनाका लागि ५० प्रतिशत अनुदान पाउनेछन् ।
त्यसै गरी जिल्लाको वेनिघाट रोराङ,गल्छी,थांक्रे गाउँपालिकाका साथै नीलकण्ठ र धुनिबेसी नगरपालिका एउटै वर्गमा परेका छन् । यी पाँच पालिकाले संघीय समपुरक अनुदान ४० प्रतिशत मात्रै पाउनेछन् ।
समपूरक अनुदान भनेको निश्चित आयोजना वा विकास कार्यक्रमका निम्ति दिइने अनुदान हो। यसमा स्थानीय तह वा प्रदेशले यति रकम हामीसँग उपलब्ध छ। अब यति रकम केन्द्रले उपलब्ध गराइदेओस् भन्ने निवेदन गर्न सक्छन्। यसरी पूरकका रूपमा उपलब्ध गराइने अनुदाननै समपूरक अनुदान हो।
One thought on “धादिङका पाँच पालिकाको संघीय समपुरक अनुदान घट्यो , चार पालिकामा बढ्यो ,चार पालिकामा यथावत”
Comments are closed.
gab This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!