महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३०

142 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, १७ माघ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगमस्थलमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

भागदौडमा अन्य ६० जना बढी घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अहिलेसम्म २५ मृतकको सनाखत भएको कुम्भ मेलाको सुरक्षा हेरिरहेको प्रहरीले जानकारी दिएको छ ।

घटना प्रयागराजको संगम किनारमा अमृत स्नान हुनुभन्दा अघि गएराति करिब २ बजे भागदौड मच्चिएको बताइएको छ ।  भागदौडका बीचमा संगमको किनारमा धेरै भक्तजन बेहोस भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने मुख्यमन्त्री योगी आदित्यनाथले जनतालाई संयमता अपनाउन अपिल गरेका छन्।
संगम नाकमा छुट्टै प्रवेश र निस्कने बाटो नभएकाले मानिसहरू जहाँबाट आएका थिए, त्यही बाटोबाट फर्किदा भागदौड भएको बताइएको छ । प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको बताएको छ ।

महाकुम्भ मेला २०२५ को मौनी अमावस्यको दिनमा प्रयागराजमा गंगा, जमुना र सरस्वती नदीको संगमस्थलमा महाकुम्भको शाही स्नान गर्न ठुलो संख्यामा मानिसहरु आएका कारण भागदौड भएको बताइएको छ । यो दिनमा चिताएको कुरा पूरा हुने धार्मिक विश्वासका कारण करोडौं मानिस स्नानका लागि आएका थिए । महाकुम्भका डीआईजी वैभव कृष्णले मंगलबारसम्म करिब २० करोडले स्नान गरेको जानकारी दिएका छन् ।

१२ वर्षपछि मनाइदै गरेको फेब्रुअरी २६ सम्म चल्ने यस महाकुम्भ मेलामा ४५ करोडभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।


2 thoughts on “महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३०

  1. ↕ 6000$ + 200 FREE SPINS. GET => https://telegra.ph/6000--200-FREE-SPINS-02-05?hs=e1d18c44e47c1f6d64e08be393accd0f& ↕ says:

    k5yf11

  2. 💿 We send a transfer from Binance. Verify > https://telegra.ph/Get-BTC-right-now-02-10?hs=e1d18c44e47c1f6d64e08be393accd0f& 💿 says:

    nfteas

Comments are closed.