पोखराका ‘ट्यापे-मुन्द्रे’ तह लगाउन प्रहरीले चलायो अभियान

66 पटक पढिएको

सम्पादक: Dhading News

कास्की, माघ २० । कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ।

सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली, गल्लीमा मानिसलाई त्रसित बनाउँदै हिँड्छन्।

कास्की प्रहरीले भने यसरी चर्को आवाजमा मोटरसाइकल चलाउनेमाथि धमाधम कारबाही थालेको छ।

प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने त्यस्ता ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

माघ १४ देखि थालिएको उक्त अभियानमा आइतबारसम्ममा ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए।

प्रहरीले चलाएको अभियानमा नियन्त्रणमा परेका अधिकांश मोटरसाइकल बुलेट रहेका छन्। बुलेट मोटरसाइकलको साइलेन्सर पाइपमा स्वरुप परिवर्तन गरेर रबरको पाइप लगाएर आतंक मच्चाउँदै हिँडेको पाइएको छ।

उनका अनुसार ती मोटरसाइकल आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको छ।

आफ्नो सवारीसाधन निर्वाध सञ्चालन गर्न पाउनु व्यक्तिको अधिकार भए पनि सामाजिक सु-व्यवस्थामा खलल पुर्‍याउने कार्य भएपछि न्यूनीकरण गर्न यस्तो अभियान चलाइएको शर्माले बताए।

प्रहरीले चर्को आवाजमा ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर सूचना दिन अनुरोध गरेको छ।

यो अभियानमा पटक-पटक ध्वनी प्रदुषण गरेको पाइएमा कुनै कसुर आकर्षित गरी कारबाही थाल्ने प्रहरीको योजना छ।


2 thoughts on “पोखराका ‘ट्यापे-मुन्द्रे’ तह लगाउन प्रहरीले चलायो अभियान

  1. With the Iraqi government implementing various reforms to stimulate growth, having access to reliable news sources is critical. Iraq Business News covers government initiatives and regulatory changes that affect the business landscape, empowering companies to adapt and thrive.

Comments are closed.