गल्छीमा फागुन २७ र २८ गते अन्तर वडा पुरुष भलिवल प्रतियोगिता  हुने

212 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २३ फागुन २०८१ । धादिङको गल्छीमा अन्तर वडा पुरुष भलिवल प्रतियोगिता  हुने भएको छ । नेकपा एमाले गल्छी गाउँकमिटिको आयोजनामा यहि फागुन २७ र २८ गते  प्रतियोगिता आयोजना हुने भएको हो ।

युवाहरुको चाहाना बमोजिम यही फाल्गुण २७ र २८ गते अन्तर वडा पुरुष भलिवल प्रतियोगिताको आयोजना  गरिएको नेकपा एमाले गल्छीका अध्यक्ष राजु रिमालले बताउनु भयो ।

प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै तेस्रो हुनेले नगद १० हजारसहित ट्रफि मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले नगद एक हजार सहित ट्रफि मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता गल्छी गाउँपालिका वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा फागुन २७ गते मंगलबार शुरु भएर २८ गते बुधबार सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक टिम फागुन २६ गते सोमबार सम्म दर्ता भईसक्नु पर्ने बताईएको छ ।


One thought on “गल्छीमा फागुन २७ र २८ गते अन्तर वडा पुरुष भलिवल प्रतियोगिता  हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *