‘प्रधानमन्त्री ‘ जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन हुने
230 पटक पढिएको

काठमाण्डौं,२३ फागुन २०८१ । सरकारले सञ्चालन गरिरहेको ‘प्रधानमन्त्री ‘ जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन हुने भएको छ । प्रधानमन्त्री लेखिएको ठाउँमा ‘राष्ट्रिय’ शब्द राखिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
शुक्रवार कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत प्रधानमन्त्री शब्द जोडिएका नाम हटाएर राष्ट्रिय राख्ने बताउनुभएको हो ।
अव प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका नाममा, मेयर(अध्यक्षको नाम जोडेर कार्यक्रम राख्न जरुरी नभएको प्रधानमन्त्री ओलीको भनाई छ ।
अव प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम बनाईदैछ ,प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका नाममा, मेयरअध्यक्षको नाममा कार्यक्रम राख्न जरुरी नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
One thought on “‘प्रधानमन्त्री ‘ जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन हुने”
Comments are closed.
64bgoj