विघटनको संघारमा पुगेको नेपाल रेडक्रस केन्द्रका सबै समानान्तर समिति भंग, बन्यो नयाँ तदर्थ समिति धादिङ शाखा पूर्व सभापति सीताराम कोइराला केन्दिय कोषाध्यक्ष र नारायण प्रसाद तिमिल्सिना केन्द्रिय सदस्यमा सिफारिस

82 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १ चैत २०८१ । अन्तर्राष्ट्रिय रेडक्रस समितिबाट आधिकारिता खारेज हुने अवस्थामा पुगेको नेपाल रेडक्रस सोसाईटी केन्द्रिय समितिका सबै समानान्तर समिति भंग गरि नयाँ तदर्थ समिति गठनमा सहमती जुटेको छ ।

लामो समय देखि चरम विवादमा रहेको नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय समितिका नाममा बनेका समानान्तर समितिहरु भंग भएका छन् । विवाद समाधान गरी रेडक्रसलाई बिघटन हुनबाट जोगाउन गठन गरिएको तर्दथ समितिमा नेपाल रेडक्रस सोसाईटी धादिङका पूर्व सभापति सिताराम कोईराला केन्द्रिय समितिको कोषाध्यक्ष र नारायण प्रसाद तिमिल्सिना केन्द्रिय सदस्यमा सिफारिस भएका छन् ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीजहरूको अन्तर्राष्ट्रिय महासंघ जेनेभाले नेपाल रेडक्रस लाई दिएको अन्तर्राष्ट्रिय आवद्धता खारेज हुन सक्ने अन्तिम चेतावनी दिएपछि  नेपाल रेडक्रस सोसाइटीको विगत ६ वर्षदेखि जारी विवाद निरुपणका सम्वद्ध तीन पक्ष सहमत भएका छन् ।

दलीय गठबन्धनका आधारमा बनेको कार्यसमितिका अध्यक्ष प्रा.डा.सुदर्शनप्रसाद नेपाल, समानान्तर कमिटीको नेतृत्व गरेका डा.विशालकुमार भण्डारी र परिर्वतन नेपाल रेडक्रस समूहको अगुवाई गरेका रामेश्वर थापाले सहमति गरेपछि विवाद समाधान हुन लागेको हो ।

तीन पक्षले गरेको सहमति अनुमोदनका लागि गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको छ । नेपाल रेडक्रसको विवादमा समाधान निकाल्नका लागि अन्तर्राष्ट्रिय महासंघको नेपालस्थित प्रमुख डेभिड फिसरको समन्वयमा संक्रमणकालीन कार्यसमितिसँग पाँच पटकसम्म गोलमेच बैठक समेत गरेका थिए ।

गोलमेच बैठकको भावना तथा मर्म अनुसार दुई समानान्तर समिति संयोजन गर्न सहमति बनेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीजहरूको अन्तर्राष्ट्रिय महासंघ जेनेभाले नेपाल र भण्डारी नेतृत्वको दुबै कमिटीलाई आधिकारिता नदिने अवस्था बनेपछि विवाद अन्त्य गरेर सहमति गर्न सम्बद्ध पक्ष वाध्य भएका छन् ।

तीन पक्षबीच भएका सहमतिलाई मान्यता प्राप्त गर्नका लागि गृह र जिल्ला प्रशासनलाई पत्राचार गरिएको छ । नेपाल र भण्डारी पक्षलाई संयोजन गरेर नयाँ कार्यसमिति प्रस्ताव गरिएको छ । प्रस्तावित कार्यसमितिमा अध्यक्ष प्रा.डा.सुदर्शनप्रसाद नेपालनै रहेका छन् भने समानान्तर कमिटीको नेतृत्वकर्ता भण्डारी उपाध्यक्ष बनेका छन् । पूर्व अध्यक्ष नेत्र तिम्सिनाको पक्षबाट उपाध्यक्ष पदमा रहेकी चन्द्रकला कार्की ,कोषाध्यक्ष पदमा रहेका धादिङका सीताराम कोईराला र  महामन्त्रीमा रहेका दीपेन्द्रराज ढकाल नयाँ सहमति पछि पनि  सोही पदमा दोहोरिएका छन् ।

समानान्तर दुई कार्यसमितिले आफूलाई निर्वाचित समिति भन्दै दाबी गर्दै आएका थिए । नेपाल पक्षले २०८० साउन २ मा र भण्डारी पक्षले २०८० असार २५ मा निर्वाचित कार्यसमिति गठन गरेको दाबी गर्दै आएका छन् । यद्यपी, संस्थामा निर्वाचन गराउन नसकेकै कारण विवाद हुँदा दुई समिति अस्तित्वमा थिए । हाल, दुई समानान्तर समितिलाई संयोजन गरेर ३४ जनाको बनाइएको छ । विधानतः ३३ जना केन्द्रीय समिति हुने व्यवस्था छ । कार्यसमितिले एक जना मनोनित गर्न पाउने विधानको व्यवस्था अनुसार एक जना थपिएको छ । सहमति पश्चात् नेपाल र भण्डारी नेतृत्वका यस अघिका कार्यसमितिहरु भंग भएका छन् ।


One thought on “विघटनको संघारमा पुगेको नेपाल रेडक्रस केन्द्रका सबै समानान्तर समिति भंग, बन्यो नयाँ तदर्थ समिति

  1. Fantaqstic post howeever , I was wondering iif youu could wdite a litrte mre oon this subject?
    I’d bee ver grateul if you could elaborate a littlle bit more.
    Appreciate it!

    Feel ffree too visit my blog – xxxproud

Leave a Reply

Your email address will not be published. Required fields are marked *