जबरजस्ती करणी गरेको अभियोगमा दुइजना पक्राउ
243 पटक पढिएको
सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् ।
सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९ वर्षीय नबराज बुढाथोकीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। नबराजले ती बालिकालाई गत फागुन २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता, कैलालीमा भने २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षीय राजेश बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । राजेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








Pharmazee I appreciate you sharing this blog post. Thanks Again. Cool.