अबैध ढंगबाट १६ लाख बराबरको सुन ल्याँउँदै गर्दा धमला पक्राउ
11 पटक पढिएको

काठमाडौं । अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका १ का ३३ वर्षीय रवि धमला रहेको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए ।
जुत्ताभित्र १०६ दशमलव नौ ग्राम सुनका टप, औँठीसमेतका गहना र टुक्रा सुनसमेत लुकाइछिपाइ ल्याइएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको संयुक्त गस्तीटोलीले जाँचका क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका धमलालाई कानुनी कारबाहीका लागि बरामद सुनसहित रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ । बरामद गरिएको सुनको मूल्य १६ लाख १३ हजार आठ सय ६५ भएको प्रहरी प्रमुख शाहीले बताए ।