महादेबवेसीको किराना पसलमा मध्यरातमा चोरी
113 पटक पढिएको

थांक्रे , १६ चैत २०८१ । धादिङको थांक्रे गाउँपालिकाको महादेबवेसीमा रहेको एक किराना पसलमा मध्यरातमा चोरी भएको छ ।
महादेवबेसी चोकमा रहेको देवक पुरीको घैरउ देवी सप्लायर्समा राती १.३० वजेको समयमा पसलको च्यानल गेट र भित्री गेट फुटाएर चोरी भएको हो । पसलमा रहेको सिसि क्यामेरामा देखिएको दृष्यमा चोरीमा संलग्न हुनेको अनुहार नदेखिएपनि चोरीमा संलग्न व्यक्तिले पसल भित्रबाट नगद तथा अन्य सामान झिकेको स्पष्ट देखिएको पसल धनी पुरीले वताए ।
पुरी परिवार पसल रहेको घरमै बस्ने गरेका भएपनि चोरीको बारेमा शनिवार विहान मात्रै थाहा भएको हो । घरमै रहेको पसल भएकोले नगद पसलमै राख्ने गरेको कारण चोरले ३ दिनको व्यापारको रकम अन्दाजी ६ लाख र चुरोट लगायतको सामान समेत लगेको पसल संचालक पुरीले जानकारी दिए ।
4zkk75