वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको  ८७ वर्षको उमेरमा निधन

206 पटक पढिएको

१८ चैत्र २०८१, सोमबार ०६:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौं : वरिष्ठ वामपन्थी नेता, पत्रकार एवं पूर्व राजदूत कमलप्रसाद कोइराला “कमल बा” को  ८७ वर्षको उमेरमा निधन भएको छ।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति उपचारकै क्रमममा आइतबार राति ९ बजे  निधन भएको हो।

वि सं १९९५ वैशाखमा विराटनगरमा जन्मिएका कोइराला एक प्रखर लेखक तथा वामपन्थी विचार बोक्ने राजनीतिज्ञका रूपमा चिनिन्छन्। नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका  कोइरालाले राजनीतिमा जेलनेल र कठोर दिन व्यतीत गर्नुभएको थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लाबाट निर्वाचित भएका कोइरालाले दक्षिण कोरियाका लागि नेपाली राजदूतका रूपमा तीन वर्ष कूटनीतिक सेवासमेत गरेका थिए। स्वर्गीय कोइरालाका एक छोरा र एक छोरी छ्न्।


🔐 Ticket: Process 1,523996 BTC. Go to withdrawal >>> https://graph.org/Message--04804-03-25?hs=cb7fea6063069b933d246ff3e5eeb4ea& 🔐 says:

7ota6o