नीलकण्ठ बहुमुखी क्याम्पसमा दोश्रो पटक स्ववियू निर्वाचन स्थगित

363 पटक पढिएको

१८ चैत्र २०८१, सोमबार २१:०५ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, १८ चेत २०८१ । सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा चैत १९ गते  मंगलबार हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ।
क्याम्पसले निर्वाचन प्रक्रिया अगाडि बढाईरहदा अखिल क्रान्तिकारी र अनेरास्ववियूले निर्वाचन प्रक्रियाप्रति असहमती जनाउँदै तालाबन्दी लगायतका क्रियाकलाप गरी निर्वाचन प्रक्रियामा असहज अवस्था सिर्जना भएको भन्दै सञ्चालक समितिको आकस्मिक बैठकले हाललाई निर्वाचन स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
यसअघि चैत ५ गतेका लागि तय भएको निर्वाचन पनि अन्तिम समयमा आएर निर्वाचन समितिका संयोजक डा. मुरारी अधिकारीले राजिनामा दिएपछि स्थगित हुन पुगेको थियो ।
नीलकण्ठ क्याम्पसमा पटक पटक स्ववियु निर्वाचन स्थगित हुनुमा नेपाली काँग्रेस भित्रको आन्तरिक कलह मुख्य कारणका रुपमा देखिएको छ । नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले पार्टीका जिल्ला सभापति कृषि मन्त्री रामनाथ अधिकारी निकटको उम्मेदवारराजन अधिकारीलाई  पन्छाएर नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगाना निकटको उम्मेदवार भावना भट्टराईलाई आधिकारिता दिएपछि यो विवादले चरम रुप लिएको हो ।अधिकारीले सभापतिमा स्वतन्त्र उम्मेदवारी कायम राखेका छन् ।
क्याम्पस प्रशासनले चैत १९ गते निर्वाचन गर्ने घोषणा गरेपछि तयारी नपुगेको भन्दै अखिल क्रान्तिकारी र अनेरास्ववियुका बिद्यार्थीले सोमबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरेका थिए । दुई वटा अखिलको तर्फबाट लगाएको ताला नेविसंघले जल प्रयोग गरेर फुटाएको थियो । मंगलबार पुनः क्याम्पस प्रमुख र निर्वाचन संयोजकको कार्यकक्षमा ताला लगाईएपछि मंगलबार सांझ बसेको क्याम्सप संचालक समितिले निर्वाचन रोक्ने निर्णय गरेको हो ।

📣 Ticket; + 1,531291 bitcoin. Get =>> https://graph.org/Message--17856-03-25?hs=704ee78dfd2eb82ca619501919e6fbbe& 📣 says:

9x9yoe

✏ Message: SENDING 1,471759 BTC. Receive =>> https://graph.org/Message--0484-03-25?hs=704ee78dfd2eb82ca619501919e6fbbe& ✏ says:

zqovxo