धादिङका नारायण तिमल्सिना सहित नेपाल रेडक्रसका पाँच जना रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट निलम्बित
358 पटक पढिएको

काठमाडौं । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय समितिका पदाधिकारीहरु प्राध्यापक डा.शुदर्शन नेपाल सहित पाँच जनालाई रेडक्रसको मूल्य मान्यता र सिद्धान्त विपरित कार्य गरेको भन्दै रेडक्रसको अन्तर्राष्ट्रिय समिति इन्टरनेसनल फेडेरेसन अफ रेडक्रसले कारवाही गरेको छ ।
इन्टरनेसनल फेडेरेसन अफ रेडक्रसले बुधवार एक सूचना जारी गरेर कारबाही सार्वजनिक गरेको हो । फेडेरेसनको कम्प्लाएन्स एण्ड मेडिएसन कमिटीले नेपाल रेडक्रसको ‘निष्ठा’को सवालमा कारबाही गरेको सार्वजनिक गरेको छ ।
कारवाही परेकाहरुमा सुदर्शन प्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा, भूपतिलाल श्रेष्ठ र नारायण तिमल्सिना छन् ।तिमल्सिना धादिङ रेडक्रसका पूर्व सभापति समेत हुन् ।
कमिटीकी र्यापोर्टर क्रिस्टिना कुम्पालाले सार्वजनिक गरेको सूचना अनुसार संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरू परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरूलाई निलम्बन गरिएको हो ।
इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले कारबाही गरेकाहरू मूलतः राजनीतिक भागबन्डा गरेको आधारमा कारबाहीमा परेकाहरू छन् ।
रेडक्रसले उनीहरूलाई टाइप १, टाइप २ र टाइप ७ को कसुरले कारबाही गरेको छ । टाइप १ भनेको रेडक्रसको आधारभूत सिद्धान्तको अवहेलना हो, टाइप २ भनेको रेडक्रसमा हुने राजनीतिक हस्तक्षेप हो भने टाइप ७ भनेको रेडक्रसको विधान ८ अनुसारको दायित्व नगरेको कसुर हो ।
कांग्रेस, माओवादी र नेकपा एस सरकार भएको बेलामा दलीय भागबन्डा गरेर रेडक्रसको केन्द्रिय समिति गैर कानूनी ढंगबाट कव्जा गरिएको थियो ।नेपाल बस्नेत र थापा नेपाली काँग्रेसको कोटाबाट, तिम्सिना नेकपा मओावदी केन्द्रबाट र श्रेष्ठ एकीकृत समाजवादी कोटाबाट नेपाल रेडक्रसको केन्द्रिय नेत्तृत्वमा पुगेका थिए ।
विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था नेपाल रेडक्रस सोसाइटीलाई तत्कालिन सत्ता गठबन्धनमा रहेका दलहरूले भ्रातृसंस्था बनाउने कोशिस गरेका थिए । भ्रष्टाचार, बेथितिले थिलथिलो भएको नेपाल रेडक्रसको मूल समस्यालाई थाती राखेर तत्कालिन गठबन्धननिकटका रेडक्रसकर्मी बसेर २०८० असारमा कांग्रेस, माओवादी र नेकपा एसलाई पदसमेत भाग लगाएका थिए ।
‘रेडक्रस सोसाइटीको मार्गचित्र’ नाम दिएर गरिएको साझा सहमतिमा सुदर्शन प्रसाद नेपाल, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना, मनोजकुमार थापा र विनोदकुमार बस्नेतले हस्ताक्षर गरेका थिए । नेपाल, थापा र बस्नेत नेपाली कांग्रेसका हुन्, तिमिल्सिना माओवादीका हुन् भने श्रेष्ठ नेकपा एसका हुन् ।
यी ५ जनाले भागबन्डाका लागि ५ बुँदे सहमति गरेका थिए । पदाधिकारी बाँडफाँटमा कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष (खुल्ला), उपमहामन्त्रीसहित १५ जना, माओवादीबाट महिला उपाध्यक्ष, कोषाध्यक्षसहित ८ जना, नेकपा एसबाट महामन्त्री र कोषाध्यक्षसहित ६ जना भाग लगाइएको थियो ।
यस्ताे थियो २०८० असारमा गरिएको भागबण्डाकाे सहमति