ज्वालामुखीका हेमराज छत्कुली र सूर्य बुर्लाकोटी एमालेमै फर्किए

976 पटक पढिएको

सम्पादक: Dhading News

 

धादिङ ,२२ चैत २०८१ ।  धादिङको ज्वालामुखी गाउँपालिकाबाट दुई जना नेकपा एकीकृत समाजवादीका जिल्ला  नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।
नेकपा एमालेले  बिहीबार ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ७ मा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा  हेमराज छत्कुली र सूर्य बुर्लाकोटी नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरि नेकपा एमालेमा फर्किएको नेकपा एमाले धादिङले जनाएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य एवं धादिङका ईन्चार्ज खेम लोहनी, एमाले नेता डा.राम कुमार अधिकारीलगायतका नेताहरुको उपस्थितीमा छत्कुली र वुर्लाकोटी एमालेमा फर्किएका हुन् ।
छत्कुली सहकारी अभियन्ता हुन भने बुर्लाकोटी नेकपा एसका पोलिटव्युरो सदस्य एवम धादिङ इन्चार्ज गुरु प्रसाद बुर्लाकोटीका भाई हुन् । दुवै जना ज्वालामुखीमा अगुवा राजनैतिक कार्यकर्ताका रुपमा चिनिन्छन् ।

One thought on “ज्वालामुखीका हेमराज छत्कुली र सूर्य बुर्लाकोटी एमालेमै फर्किए

Leave a Reply

Your email address will not be published. Required fields are marked *