अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

44 पटक पढिएको

सम्पादक: Dhading News

 

काठमाडौं, २२ चैत । अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा रूपन्देही, ओमसतिया गाउँपालिका–२ ठुटिपिलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम ५ सय ८० मिलिग्राम सहित एक भारतीय प्रकाउ परेका हुन् ।

भारत महाराजगंज निचलौल ठुटिबारी बस्ने ४० वर्षीय सलिम मंसुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, जुम्ला, चन्दननाथ नगरपालिका–६ बस्ने २२ वर्षीय रबिन्द्र रोकायालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित  प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


2 thoughts on “अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

  1. I simply could not go away your web site prior to suggesting that I really enjoyed the standard info a person supply on your guests Is going to be back incessantly to investigate crosscheck new posts

  2. Your writing has a way of resonating with me on a deep level. I appreciate the honesty and authenticity you bring to every post. Thank you for sharing your journey with us.

Leave a Reply

Your email address will not be published. Required fields are marked *