रवि लामिछाने पक्राउ

185 पटक पढिएको

सम्पादक: Dhading News

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्।

उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बुढानीलकण्ठस्थित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

केही बेरअघि मात्र उनले प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने बताएका थिए।

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै, न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए।


One thought on “रवि लामिछाने पक्राउ

  1. Puraburn naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *