माओवादीमा धादिङका शालिकराम जमकट्टेल सहित ३१ जना केन्द्रिय नेताको सहइन्चार्जको जिम्मेवारी खोसियो
522 पटक पढिएको

काठमाण्डौं, २६ चैत । नेकपा माओवादी केन्द्रले कुनै पनि तहमा सहइन्चार्ज पद नै खारेज गरिदिंदा धादिङका शालिकराम जमकट्टेल सहित ३१ जना केन्द्रिय नेताको जिम्मेवारी खोसिएको छ ।
चैत १८ र १९ गते बसेको पार्टी पदाधिकारी बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मातहत कमिटीहरूलाई परिपत्र गरी सहइन्चार्ज पद नै खारेज गरेको जानकारी दिएपछि नेताहरुलाई यस अघि दिईएको जिम्मेवारी खोसिएको हो । वागमती प्रदेशका पूर्व मुख्य मन्त्री समेत रहेका जमकट्टेल यस अघि पार्टीको धादिङ सह इन्चार्जको जिम्मेवारीमा रहेका थिए ।
माओवादी केन्द्रले गत माघ २१ गते प्रदेशको इन्चार्ज र सहइन्चार्ज र ७७ वटै जिल्लाका इन्चार्ज पनि तोकेको थियो। सहइन्चार्ज तोक्ने जिम्मेवारी भने प्रदेश कमिटीलाई दिएको थियो। सहइन्चार्जको जिम्मेवारी दिने विषयमा पार्टी भित्र विवाद चरम उत्कर्षमा पुगेपछि पार्टी अध्यक्ष दाहाल २ महिनामै आफ्नो निर्णयबाट पछि हटेका हुन्
चैत १८ र १९ गते बसेको पार्टी पदाधिकारी बैठकले १० वटा प्रदेशमा रहेका सहइन्चार्ज नराख्ने निर्णय गरेपछि प्रचण्डले तल्ला तहमा परिपत्र गरिसकेको माओवादी केन्द्रका एक केन्द्रिय सदस्यले जानकारी दिए ।
पार्टी संगठन भित्र १२ वटा प्रदेश तहका संरचनाको अभ्यास गरिरहेको माओवादीले ३१ भन्दा बढी नेताको सहइन्चार्ज पद खोसिदिएको छ।
माघ २१ गते बसेको माओवादीको पदाधिकारी बैठकले नेताहरूको कर्याविभाजन गरेको थियो। जसअनुसार कोसी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङमाङ, धर्मशिला चापागाई र सुरेशकुमार राई ,मधेस प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान,बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेललाई सहइन्चार्जको जिम्मेवारी तोकिएको थियो।
यसैगरी, गण्डकी प्रदेशमा हरिराज अधिकारी लुम्बिनी प्रदेशमा कुलप्रसाद केसीलाई सहइन्चार्ज बनाएको थियो। कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही गरी दुई जनालाई सहइन्चार्ज बनाएको थियो।
सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र बीना मगरलाई सहइन्चार्ज बनाइएको थियो।
पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राईलाई सहइन्चार्ज बनाएको थियो।
यस्तै, उपत्यका विशेष प्रदेश समितिको सहइन्चार्जको जिम्मेवारी मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटालाई दिइएको थियो।
यसैगरी, सम्पर्क समन्वय प्रदेश समितिको सहइन्चार्जमा झक्कुप्रसाद सुवेदी, देवेन्द्र पराजुली र मानबहादुर बुढा थिए।
सार्क प्रवास प्रदेश समितिको सहइन्चार्जको जिम्मेवारी ईश्वरी भण्डारीलाई दिएको थियो। यसैगरी, एसिया प्रवास प्रदेश सहइन्चार्जको जिम्मेवारी डीबी क्षत्रीलाई दिएको थियो।
One thought on “माओवादीमा धादिङका शालिकराम जमकट्टेल सहित ३१ जना केन्द्रिय नेताको सहइन्चार्जको जिम्मेवारी खोसियो”
Comments are closed.
zqxrr0