राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै बस्नु पर्ने

319 पटक पढिएको

२६ चैत्र २०८१, मंगलवार २१:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।

काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज सो म्याद थप भएको हो ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोपमा प्रहरीले सोही राती पक्राउ गरेको थियो ।

काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार उक्त आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनालाई अनुसन्धानका निम्ति थप १५ दिनको म्याद थप गरिएको छ ।



📀 Ticket- TRANSFER 1.625767 bitcoin. Assure >>> https://graph.org/Message--05654-03-25?hs=10a6d10e400d78afa467ffe7ba596048& 📀 says:

zlhmdk