धादिङ मण्डलीयातायातमा अनलाईनबाट बस टिकट काट्न सकिने
1065 पटक पढिएको
धादिङ,२७ चैत २०८१ ।धादिङ जिल्लाबाट संचालित धादिङ मण्डली यातायातको बस टिकट अनलाईन बाट काट्न सकिने सुविधाले यात्रुलाई सहज भएको छ ।
केही समय अघि सम्म बस टिकट लिनका लागि काउण्टर सम्म गएर लाईनमा बस्नुपर्ने बाध्यता रहेकोमा हिजोआज यात्रुले काउण्टर नपुगि अनलाइनबाटै टिकट लिन थालेका छन् ।
बसको टिकट काट्नका लागि काउन्टर सम्म गई लाईन लागेर टिकट काट्नु नपरोस भन्ने उद्देश्यले अनलाईन बस टिकटिङ्ग सेवा संचालनमा ल्याईएको धादिङ मण्डली यातायातका फिल्ड इन्चार्ज सिताराम भट्ट (जय)ले वताउनु भयो ।
धादिङ मण्डली यातायातले गत असोज देखि अनलाईन टिकटिङ्ग सेवा शुरु गरेको हो।काठमाण्डौंबाट आरुघाट, मान्बु, फुलखर्क, बसेरी, बुढाथुम, चैनपुर, मुर्चोक,खरी,धुंवाकोट, खहरे,मैदी,नलाङ,ज्यामरुङ,सिकटार, खाल्टे सुनौलावजार सम्म संचालन हुने सुपर डिलक्स र धादिङ काठमाण्डौंको रुटमा चल्ने डिलक्स बसमा अनलाइन टिकट को सुविधा रहेको छ । यसै गरी धादिङबाट चितवन र पोखरा चल्ने बसमा पनि यो सुविधा रहेको मिनिबस र हाईसहरुमा भने यो सुविधा नरहेको पनि भट्टले वताउनु भयो ।
यातायात व्यवसायीले मोबाइल एप्लीकेशन मार्फत आफ्नो गाडीको सिटबुक र बिक्री भएको टिकट संख्या हेर्न सकिनेछ । यात्रुले बिना कुनै झन्झट एप्सबाट टिकट काट्न सक्ने भएकाले अनलाइन सेवा यात्रुलाई निकै सजिलो भएको छ ।
सफ्टवेयरले नियन्त्रण गर्ने हुदा मानवीय त्रुटिका कारण हुने कमजोरीहरु हट्ने, टिकट दोहोरिने तेहरिने समस्या नआउँने हिसाव पारदर्शी हुने हुँदा व्यवसायीहरु पनि अनलाइन सेवा प्रति सन्तुष्ठ देखिन्छन् ।
आंफु भएको ठाउँबाट बसको टिकट काट्न सकिने हुँदा यात्रुको समय र खर्च दुबै बचत हुने गरेको छ । टिकट बुकिंगको लागि टिकट काउन्टरमा घन्टौंसम्म लाइन बस्नु पर्ने सास्तीबाट यात्रुलाई सहज भएको छ ।
अग्रिम टिकट काट्न काउन्टरमा पुग्न नसक्ने तर, गन्तव्यमा पुग्नु पर्ने यात्रुले समेत सहज रुपमा बुकिंग गर्न सक्ने हुँदा यात्रुलाई निकै फाइदा हुने गरेको छ । साथै वैदेशिक यात्राबाट फर्कने यात्रुले पनि विदेशबाटै अनलाइन सेवा मार्फत टिकट बुकिंग गर्न सक्ने छन् ।
यात्रुले बससेवा,ईसेवा, खल्ती,आइमएमइ पे, लगायतको पेमेन्ट गेटवेको प्रयोग गरि मोबाइल तथा इन्टरनेट मार्फत सिधै टिकट काट्न सक्ने छन् ।
धादिङ यातायातले हरेक दिन बिहान ६,१०, अपरान्ह १२, दिउँसो २ र ४ वजे डिलक्स बस र हरेक १५ मिनेटको फरकमा मिनिवस संचालन गर्दै आईरहेको छ ।








7bl7br