धादिङका अढाई बर्षका दुई बालकले तिलिचो तालमा पुगेर फहराए नेपालको झण्डा
152 पटक पढिएको

धादिङ, २८ चैत २०८१ । धादिङका २ वर्ष ६ महिनाका गौरँग थापा (नीलकण्ठ–३) र शिवान्स लामिछाने (गल्छी–२) ४९१९ मिटर उचाइमा रहेको तिलिचो ताल पुगेका छन् ।
अढाई बर्षका दुई बालकले तिलिचो तालमा नेपालको झण्डा फहराएको फोटो र भिडियोले यति बेला सामाजिक सञ्जालमा निकै चर्चा कमाएको छ ।
मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ ।
गौरँग र शिवान्स परिवारको साथमा त्यहाँ पुगेका भएपनि सानै उमेरमा यस्तो अद्वितीय यात्रामा निस्किएर यात्रालाई सफल बनाएकोमा धेरैले खुसी व्यक्त गर्दै सामाजिक सन्जाल मार्फत बधाई दिईरहेका छन् ।
उच्च स्थानमा रहेको तालमा बालवालिका पुग्ने सम्भावना कम रहेको भन्दै उनिहरुले त्यहाँ पुगेर रेकर्ड राखेको हुन सक्ने दावी सामाजिक सञ्जालमा गरिएपनि यस्को स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
wow