आजदेखि नयाँ वर्ष २०८२ शुरु

145 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ,वैशाख १ २०८२ ।आजदेखि नयाँ वर्ष २०८२ शुरु भएको छ । विक्रम संवतको पात्रोअनुसार  हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् ।

विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।


One thought on “आजदेखि नयाँ वर्ष २०८२ शुरु

  1. हार्दिक शुभकामना
    नव बर्ष २०८२ को सुखद उपलक्ष्यमा सम्पुर्ण स्वदेश तथा बिदेशी भुमिमा छहरियर रहनु भयका तमाम आमा बुवा , दाजुभाइ , दिदिबहिनी , ईस्टमित्र , छरछिमेकी , शिक्षक , कर्मचारी , बुद्धिजीवी , कलाकार ,पत्रकार , जेष्ठ नागरिक , राजनितिक दल , तथा सम्पुर्ण मेरा हितैसी मित्र हरुमा सुख स्वास्थ समृद्धि यबम उत्तरोत्तर प्रगतिको कामना का साथै हार्दिक मङ्गलमय सुभकामना बेक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *