सन्तोष राजावादी भनिने धादिङका सन्तोष कुमार सिलवाल पक्राउ

363 पटक पढिएको

६ बैशाख २०८२, शनिबार १४:२३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ६ बैशाख । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले धादिङका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–४ बुङचुङ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

सन्तोष राजावादी भनेर चिनिने सन्तोष राजतन्त्र पुर्नस्थापनाको मुद्धाको पक्षधर हुन् । उनलाई काठमाडौँ–३२ कोटेश्वर स्थित महादेवस्थानबाट पक्राउ गरेर कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।