धादिङको कालीदहमा थुनियो थोपलखोला (फोटो फिचर )
678 पटक पढिएको
धादिङ, ६ बैशाख २०८२ । धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ कालिदहमा थोपलखोला थुनिएपछि स्थानीय त्रसित हुन पुगेका छन् । सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ र ५ जोड्ने गरी निर्माण भईरहेको पक्की पुलमा ढलान गर्न बनाईएको बाँध भरिएर खोला थुनिएपछि स्थानीय त्रसित हुन पुगेका हुन् ।

पुलको ढलान गर्न खोलामा राखिएको बाँधमा खोला थुनिएर ताल बन्न थालेपछि खोला किनारका बासिन्दा बाढीको भयले त्रसित बनेका हुन् ।खोला थुनिंदा पुल निर्माणमा जुटेका मजदुरहरु बसेको टहरा पानीले डुव्दा टहरामा रहेका लत्ताकपडा, अन्नका साथै अन्य सामानमा क्षती हुन पुगेको छ ।










Ahile ko hoki last year ko ho date clearly lekhnus.