गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ शिक्षकको बुई चढेपछि
1386 पटक पढिएको
धादिङ,१३ बैशाख २०८२ । जनप्रतिनिधिहरू शासक होइनन्, जनताका सेवक हुन् ।त्यसैले जनप्रतिनिधिका हरेक गतिविधिको आम नागरिकले मुल्यांकन गरिरहेका हुन्छन् । कहिले काँही जनप्रतिनिधिले सामान्य कुुरामा ध्यान नदिंदा उनिहरु आलोचनाको पात्र बन्न पुग्छन ।
धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ विद्यालय परिसर भित्र शिक्षकको बुईमा चढेको भिडियो यति बेला सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ । भिडियो हेरिसकेपछि धेरैले गाउँपालिका अध्यक्ष माथि तिखो व्यंग्य गर्नुका साथै र विरोध जनाईरहेका छन् ।
गाउँपालिका अध्यक्ष श्रेष्ठलाई गजुरी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको पिण्डेश्वरी माध्यमिक बिद्यालयका शिक्षक मनोज चेपाङले शनिबार आफ्नो बुईमा बोकेर विद्यालयको प्राङ्गणमा घुमाएको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक बनेको छ ।
गजुरीको गैरीगाउँमा रहेको पिण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ को पढाई सञ्चालन गर्न श्रोत जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । बैशाख ६ गतेबाट शुरु भएको महायज्ञको शनिबार समापनको कार्यक्रममा दलवल सहित बिद्यालयमा पुगेका गाउँपालिका अध्यक्ष श्रेष्ठले बिद्यालयको लागि गाउँपालिकाको तर्फबाट २१ लाख २१ हजार १ सय २१ रुपैयाँ दान दिने घोषणा गरेपछि पालिका अध्यक्ष श्रेष्ठलाई शिक्षक चेपाङले बुईमा बोकेर विद्यालयमा घुमाएका हुन् ।
भिडियोमा गाउँपालिकाका सुरक्षाकर्मी पुजन प्रजा र केशर मान श्रेष्ठ अग्रभागमा देखिन्छन भने ४ नम्बरका वडा अध्यक्ष सुरेन्द्र प्रजा, गाउँ कार्य पालिका सदस्य सन्तमान चेपाङ र फुलमाया तामाङ लगायत देखिन्छन् । भिडियोमा कार्य पालिका सदस्य तामाङ भने नाचिरहेको देखिन्छ । पञ्चेवाजा बजिरहेको सुनिन्छ भने शिक्षक चेपाङले निकै जोशका साथ अध्यक्ष श्रेष्ठलाई ढाडमा बोकिरहेको देखिन्छ । रामनामीको च्यादर ओढाएर उनलाई बिद्यालय परिक्रमा गराईएको दृष्य भिडियोमा देखिन्छ ।
‘श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौं, विद्यालय सुधार तथा शैक्षिक उन्नयनका लागि दान गरी पुन्य कमाऔं’ भन्ने मुल नाराका साथ महायज्ञको सञ्चालन गरिएको थियो । विद्यालयको कक्षा ११ र १२ सञ्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ शनिवार समापन गरिएको हो । महायज्ञको अन्तिम दिनमा गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाको तर्फबाट २१ लाख २१ हजार १ सय २१ रुपैयाँ दान दिने घोषणा गरेपछि महायज्ञ आयोजकहरु खुशीले रमाउँदै बोक्न गएका हुन् ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले पालिकाको अभिभावकको हैसियतले बिद्यालयलाई सहयोग गर्दा बुईमा बोक्ने, बोकाउने काम गर्नु गलत भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रतिकृया दिएका छन् ।
बैशाख ६ गतेदेखि सुरु भएर बैशाख १३ गतेसम्म सञ्चालन भएको महायज्ञमा कथावाचक तपस्वी गुरु उत्तम भट्टले प्रवचन दिएका थिए ।
श्रेष्ठ गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गजुरीको गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।








2ex92w
Good https://is.gd/N1ikS2
Very good https://t.ly/tndaA