युएई पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको अभियोगमा धादिङका उमेश गुरुङ पक्राउ

488 पटक पढिएको

१६ बैशाख २०८२, मंगलवार २१:१७ सम्पादक: धादिङ न्यूज

काठमाडौं,१६ बैशाख २०८१ । : वैदेशिक रोजगारका लागि युएई पठाइदिने भन्दै ठगी गरेको आरोपमा धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-६ घर भई काठमाडौंको चन्द्रागिरी बस्ने २९ वर्षीय उमेश गुरुङ रहेका छन्।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी युएई लैजाने भन्दै गुरुङले  लामो समयसम्म झुक्यानमा राखेका थिए।

विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरुले उजुरी गरेका थिए। उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो। कार्यालयका अनुसार उनले चार जनाबाट ६ लाख रुपैयाँ लिएका थिए।