सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन

298 पटक पढिएको

१७ बैशाख २०८२, बुधबार ०६:२८ सम्पादक: धादिङ न्यूज

काठमाडौं ,२०८२ बैशाख १७ बुधवार। सरकार र शिक्षकहरूबीचको वार्ता मंगलबार पनि निष्कर्षविहीन भएको छ ।

मंगलबार साँझदेखि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता बिना निष्कर्ष सकिएको हो ।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ता सकारात्मक भएको र आज सम्म टुंगिन सक्ने भएको छ ।

मंगलबारको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । त्यस्तै महासंघका तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहित चार जना सहभागी रहेका थिए ।