जनमत र नागरिक उन्मुक्ति पार्टी एकता हुँदैआज प्रतिनिधि सभामा नागरिक जनमत पार्टी र नेकपा एकीकृत समाजवादीको समान हैसियत
500 पटक पढिएको
काठमाडौं, १७ बैशाख । तराई मधेस केन्द्रित दुइ दल बिच आज पार्टी एकीकरण हुदैँछ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति बिच आज पार्टी एकीकरण गरिन लागेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः०० बजे देखी घोषणा सभा सुरू गरिने जनाइएको छ ।
जसअनुसार उन्मुक्तिका संरक्षक रेशम चौधरी एकता पछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ।
साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्विकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको छ। एकतासँगै सो पार्टी तराइ मधेस केन्द्रित दलको सबैभन्दा ठुलो पार्टी हुनेछ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन भने २५ सदस्सीय केन्द्रिय पदाधिकारी, ५१ सदस्सीय केन्द्रिय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रिय सदस्य रहने भएका छन् ।
जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समान हैसियतमा रहनेछ








Good https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Good https://is.gd/N1ikS2
Very good https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Good https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Good https://is.gd/N1ikS2