खादा माला लगाएर माओवादी बनाईएका गजुरीका चार युवा काँग्रेसमै फर्किए

1448 पटक पढिएको

१८ बैशाख २०८२, बिहीबार २१:१४ सम्पादक: धादिङ न्यूज

धादिङ, १८ बैशाख । धादिङ गजुरीमा बुधबार नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री  शालिकराम जम्कटेल, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थितिमा नेपाली काँग्रेसबाट माओवादी प्रवेश गराईएका चार जना यु्वाले बिज्ञप्ति निकालेर पुरानै पार्टीमा रहेको बताएका छन् ।

रोजगारीको लोभ देखाएर पूर्वमुख्य मन्त्री शालिकराम जमकट्टेल संग भेट्न बोलाई खादा माला र टीका लगाएर माओवादी पार्टी प्रवेश गरेको भन्ने हल्ला फैलाएको भन्दै  चार जना युवाले आपत्ति जनाएका छन् ।

गजुरी गाउँपालिका वडा नम्बर १ का सन्दीप दियाली, इशान श्रेष्ठ, समीर दियाली र रोजन सुनारले शुक्रवार विज्ञप्ति जारी गर्दै आंफुहरु माओवादी पार्टी प्रवेश गरेको भन्ने हल्ला निराधार भएको बताएका हुन् ।

नेपाली काग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दलमा आवद्ध युवाहरुलाई २०८२ बैशाख १७ गते बुधबार बागमती प्रदेशका पुर्व मुख्यमन्त्री,गजुरी गाँउपालिकाका नेकपा माओवादी निकट जनप्रतिनिधीले भेट्न वोलाई विभिन्न किसिमका आश्वासन, प्रलोभन देखाई रोजगारी दिन्छौं भनेर टिका खादा लगाई फोटो खिचेर काँग्रेस छाडेर माओवादीमा प्रवेश गरेको भनि माओवादीका कार्यकर्ताले सामाजिक सन्जालमा पोष्ट गरेर भ्रम फैलाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन्दीप दियाली, इशान श्रेष्ठ, समीर दियाली र रोजन सुनारले हस्ताक्षर गरि बैशाख १७ गते बुधबारनै हस्त लिखित संयुक्त विज्ञप्ति जारी गरेका हुन । हामी नेपाली काङ्ग्रेस पार्टी छाडेर माओवादी पार्टीमा प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा फैलाईएको भ्रामक हल्लाको हामी आपत्ति जनाउँदछौं । हाम्रो नाम जोडेर माओवादी केन्द्र गजुरीका केही व्यक्तिले भ्रामक सूचना सम्प्रेषण गरेको युवाहरुको भनाई छ । कुनै आधार र प्रमाण नरहेकोले उक्त भ्रामक प्रचार प्रति आपत्ति व्यक्त गर्दै आंफुहरु नेपाली काँग्रेस पार्टीमा नै क्रियाशिल रहेको बिज्ञप्ति मार्फत युवाहरुले जानकारी दिएका छन् ।
विगत केहि दिनदेखि नेकपा माओवादी केन्द्र गजुरीका नेता कार्यकर्ताहरुले सामाजिक सन्जाल मार्फत ग्रामिण क्षेत्रमा वसोवास गर्ने वेरोजगार युवाहरुलाई भेट्दै खादा माला र टीका लगाई विभिन्न पार्टी छाडेर माओवादी पार्टी प्रवेश गर्नेहरुको संख्या बढिरहेको भन्दै सामाजिक सञ्जालमा प्रचार प्रसार गरिरहेकोमा गजुरीका चार जना युवाले माओवादी पार्टीको झुटको खेतीको भण्डाफोर गरेका हुन् ।


📧 Message: Operation 1.106801 BTC. Next =>> https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=6fdc473c1da2bb85eff4e9534de2fa1c& 📧 says:

1tdyo2

🖲 + 1.560214 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=6fdc473c1da2bb85eff4e9534de2fa1c& 🖲 says:

5toiv4