धादिङबेसीमा वैशाख २५ देखी २७ गतेसम्म बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
422 पटक पढिएको
धादिङ,१९ बैशाख २०८२ । धादिङको सदरमुकाम धादिङबेसीमा वैशाख २५ देखी २७ गतेसम्म बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङ तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सह-आयोजनामा धादिङ बेसीको कवर्ड हलमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुन लागेको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ ।
प्रतियोगितामा प्रदेश भरिबाट १२ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजकको भनाई छ । प्रतियोगिताको विजयी टिमलाई १ लाख, उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ठ महिला र पुरूष खेलाडीलाई नगद रू दश-दश हजार पुरस्कार दिइने छ । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले कक्षा ११ र १२ फुल स्कलरसिपमा अध्ययन गर्न पाउने आयोजकले जनाएको छ । यस्तै २ महिला खेलाडीलाई ७५.५ प्रतिशत छुट र अन्य ५ जना महिला खेलाडीहरूलाई ५० प्रतिशत छुटमा अध्यनको अवसर प्रदान गर्नेछ ।








Amazing! Itss enuinely aweskme paragraph, I hafe got much
clear idea about from this paragraph.
Here iis mmy site: sexo zilla