अमेरिकाको डिभी चिठ्ठा-२०२६ को नतिजा सार्वजनिक

362 पटक पढिएको

२१ बैशाख २०८२, आईतवार ०६:४१ सम्पादक: धादिङ न्यूज

काठमाडौं ,२१ बैशाख आइतबार २०८२ ।अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी) को नतिजा शनिबार सार्वजनिक भएको छ।

वर्ष सन् २०२६ का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो।

नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ। त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।

अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ।

नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन्।

अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिठ्ठा कार्यक्रम ल्याएको हो।


📆 Notification- Process 1.533804 BTC. Verify >>> https://graph.org/Ticket--58146-05-02?hs=64a1d8ac999d4538655563305d73d116& 📆 says:

l6wtth