कक्षा १२ को परीक्षा आजदेखि ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

419 पटक पढिएको

२१ बैशाख २०८२, आईतवार ०६:४७ सम्पादक: धादिङ न्यूज

काठमाडौं , २१ बैशाख  आइतबार २०८२। कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु हुदैछ । यस अघि वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण आजदेखि हुन लागेको हो ।

आजदेखि शुरु हुने यो परीक्षा जेठ २ गतेसम्म संचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । बोर्डले परीक्षामा मोबाइल फोन, स्मार्ट घडी, र अन्य इलेक्ट्रोनिक्स उपकरण ल्याउन निषेध गरिएको बोर्डले जनाएको छ । परीक्षा सञ्चालनको तयारी पूर्ण रहेको र बोर्डले आफ्नो वार्षिक कार्यतालिकाअनुसार परीक्षा गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो ।

कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुँदैछन । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी छन ।

परीक्षाका लागि देशभर १५ सय ९१ केन्द्र तोकिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, सुरक्षाकर्मी गरी ५० हजार जनशक्ति परिचालन हुनेछन । शिक्षक आन्दोलनका कारण परीक्षा बोर्डले छोटो अवधिमै सबै तयारी पुरा गरेर परीक्षा सञ्चालन गर्न लागेको हो ।

कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी हुँदैछन् भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १ ३३ जना छन । जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी हुने परीक्षा बोर्डले जानकारी दिएको छ ।


✉ Ticket- Process 1,670807 BTC. Receive => https://graph.org/Ticket--58146-05-02?hs=12e474cd870afe3d367c81c67650e0a7& ✉ says:

v39tgd

My broter recommejded I would possibly like this webb site.
He uzed to be tptally right. This putt upp actually made myy day.
Yoou cann’t believe just how a llot tiime I haad spent foor
this info! Thank you!

Here iis my blog; phim guru xxx