धादिङका रामकृष्ण अधिकारी नक्कली नोट सहित हेटौंडामा पक्राउ

311 पटक पढिएको

२५ बैशाख २०८२, बिहीबार २१:२० सम्पादक: धादिङ न्यूज

मकवानपुर, २५ वैशाख ।  हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


🗂 + 1.67497 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=caf14b961d60dcdcf50b25896a3ee2e7& 🗂 says:

6bmecn

🛠 + 1.556048 BTC.NEXT - https://graph.org/Ticket--58146-05-02?hs=caf14b961d60dcdcf50b25896a3ee2e7& 🛠 says:

amoyzd