चार्जिङ सेन्टरबाट इभि माईक्रोबस चोर्ने स्याङ्जाका सुदिप थापा धादिङमा पक्राउ

366 पटक पढिएको

१ जेष्ठ २०८२, बिहीबार २२:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १ जेठ २०८२  ।  काठमाडौंको बनस्थलीबाट माइक्रो चोरी गरेको आरोपमा स्याङजा जिल्ला बिरुवा गाउँपालिका वडा नम्बर १ का १९ बर्षिय सुदिप थापा धादिङमा पक्राउ परेका छन् ।

काठमाडौँ  बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रिक माइक्रो बस चोरी धादिङ ल्याईपु¥याएका थापालाई पक्राउ गरिएको हो ।

थापालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।थापाले गत वैशाख २९ गते बिहान ४ः ३० बजे पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ ।


“I’m consistently impressed with the quality of your blog. The information is always well-researched and presented in a really accessible way. I find myself learning something new every time I visit. Keep up the fantastic work!” ailinkboost