नेत्तृत्व विहिन बन्यो माओवादीकेन्द्र धादिङ जिल्ला समिति
995 पटक पढिएको
धादिङ,२ जेठ २०८२ । पार्टी भित्रको आन्तरिक विवादको कारण नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समिति नेत्तृत्व विहिन हुन पुगेको छ ।
केही दिन अघि पार्टीको वागमती प्रदेश कमिटिले धादिङ जिल्ला समिति विघटन गरिदिएपछि नेकपा माओवादी केन्द्र धादिङले जिल्ला कमिटी चयन गर्ने उद्देश्यले बैशाख ३१ गते जिल्लाको प्रथम विस्तारित भेला आयोजना गरेको थियो ।
भेलामा जिल्ला कमिटीको चयन गर्ने प्रस्ताव अघि सारिएपनि पार्टी भित्रको गुटवन्दीका कारण निर्णयमा पु्ग्न नसकेको भेलामा सहभागी माओवादी केन्द धादिङका एक जिल्ला नेताले धादिङ न्यूजलाई वताए ।
पछिल्लो समय माओवादी धादिङका नेताहरुको बिचमा आन्तरिक द्धन्द्ध निकै मजवुत वन्दै गएको छ । बागमती प्रदेशका पूर्वमुख्य मन्त्री एवम पार्टीका केन्द्रिय सदस्य शालिकराम जमकट्टेल र अर्का केन्द्रिय सदस्य रामवहादुर भण्डारी एकातिर र पुष्पबिक्रम मल्ल, धनबहादुर बुर्लाकोटी (विजय) लगयतका नेता अर्को कित्तामा देखिएका छन् ।
जमकट्टेल र भण्डारी पार्टीको जिल्ला समन्वय समितिको अध्यक्षमा मनराज भण्डारी शैलेशको नेत्तृत्वलाई निरन्तरता दिनु पर्ने पक्षमा छन भने मल्ल र बुर्लाकोटी मनराजको विकल्प खोज्नु पर्ने पक्षमा देखिएपछि जिल्ला नेत्तृत्व चयन रोकिन पुगेको हो ।
शालिकराम र रामबहादुर फेरि मनराजलाई नै संयोजक बनाएर पुरानै समितिलाई निरन्तरता दिने पक्षमा र बागमती इन्चार्ज हितबहादुर तामाङ, जिल्ला इन्चार्ज पुष्पविक्रम लगायतका नेता नयाँ समिति बनायर जानुपर्ने पक्षमा भएपछि जिल्ला समितिको गठन हुन नसकेको नेकपा माओवादी केन्द्र धादिङका एक सदस्यले वताएका छन् ।
बैशाख ३१ गते गाउँ गाउँबाट उत्साहित भएर विस्तारित भेलामा आएका माओवादीका अगुवा कार्यकर्ता निराश भएर घर फर्कनु परेको माओवादीका जिल्ला तहका नेताहरुको भनाई छ ।








https://shorturl.fm/5JO3e
https://shorturl.fm/68Y8V
https://shorturl.fm/a0B2m
https://shorturl.fm/XIZGD