सिद्धेश्वर माविलाई चुडामणी अधिकारी स्मृती अक्षय कोष हस्तान्तरण
497 पटक पढिएको
धादिङ, २ जेठ २०८२ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ तारनलाङ निवासी चुडामणी अधिकारीको स्मृतिमा अक्षय कोष स्थापना गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सिद्धलेक २ तारनलाङ निवासी चुडामणी अधिकारीको स्मृतिमा उहाँका सातजना छोराछोरी गोकर्ण अधिकारी, बलराम अधिकारी, शम्भु अधिकारी, सरिता अधिकारी, लक्ष्मी अधिकारी, पुरुषोत्तम अधिकारी र प्रदिप अधिकारीले पहिलो अक्षर शुभारम्भ गरी विद्यालय तह सम्मको अध्ययन पूरा गरेको सिद्देश्वर मा.वि. मा एक लाख एक हजार एक सय एघार रुपैयाको अक्षयकोषको स्थापना गरेका हुन् ।
सिद्धेश्वर मा. वि. मा हाल र भविष्यमा अध्ययन गर्नु हुने गरीव,जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूकाे शैक्षिक सहयोगका लागि अक्षय कोष स्थापना गरिएको बलराम अधिकारीले धादिङ न्यूजलाई वताउनुभयो ।
गत बर्षको जेठ १३ गते ७८ बर्षको उमेरमा निधन हुनुभएका अधिकारीको यहि जेठ १ गते बिहीबार परेको वार्षिक पुष्यतिथिको अवसर पारेर उक्त अक्षय कोषको चेक विद्यालयलाई हस्तान्तरण गरिएको हो । स्व. चुडामणी अधिकारीको धर्मपत्नी आत्माकुमारी अधिकारी,सिद्धेश्वर माविका प्रधानाध्यापक हरि बहादुर सिलवाल र सिद्धलेक गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शम्भु गुरुङको रोहवरमा चेक हस्तान्तरण गरिएको हो ।
अधिकारी परिवारको निजी निवास, सिद्धलेक–२, तारनलाङमा भएको चेक हस्तान्तरण कार्यक्रममा सिद्धलेक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवाल, सिद्धेश्वर माविका प्रअ हरिवहादुर सिलवाल, सिद्धलेक -२ का वडाअध्यक्ष शम्भु गुरुङ ,साविक मैदी गा. वि. स. का पूर्व अध्यक्ष रामप्रसाद अधिकारी, पूर्व शिक्षक एवम समाजसेवी टंकनाथ शर्माले अक्षय कोष स्थापनाबाट हुने उपलव्धिका वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सिद्धेश्वर माविका शिक्षक कर्मचारी,नेकपा एमाले सिद्धलेकका अध्यक्ष रामहरि बराकोटी, सचिव चेतनाथ सिलवाल, उपसचिव राजु उपाध्याय र लक्ष्मी वराम, नेकपा एमाले जिल्ला कमिटी सदस्य सचिवालय सदस्य वेनि पाठक,जिल्ला कमिटी सदस्य इश्वरी अर्याल लगायतको उपस्थिति रहेको थियो









https://shorturl.fm/bODKa
https://shorturl.fm/FIJkD
https://shorturl.fm/j3kEj
https://shorturl.fm/FIJkD