धादिङको तेह्रवटा पालिकामा यस्तो छ बेरुजुको अबस्था
407 पटक पढिएको
धादिङ, ३ जेठ २०८२ । धादिङको तेह्रवटा पालिकाको बेरुजु सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले ३१ वैशाखमा सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार धादिङका तेह्र स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकामा (०.१२ प्रतिशत), वेनिघाटरोराङ गाउँपालिकाको ०.४५ प्रतिशत मात्रै बेरुजु देखिएको छ भने गंगाजमुना गाउँपालिकामा सबैभन्दा बढी ५.५४ प्रतिशत बेरुजु देखिएको छ ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा गंगाजमुनाको ५.५४ प्रतिशत, थाँक्रे गाउँपालिका ४.०० प्रतिशत,खनियाबासको ३.६१ प्रतिशत,त्रिपुरासुन्दरीको ३.४१ प्रतिशत र रुवीभ्यालीको २.६० प्रतिशत बेरुजु देखिएको छ ।
जिल्लाका अन्य पालिका मध्ये गजुरीको २.४३,ज्वालामुखीको १.७८,नेत्रावती डवजोङको १.६६ गल्छीको १.६२, सिद्धलेकको १.५१ र धुनिबेशीमा १.४८, प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार धादिङको गंगाजमुना गाउँपालिकामा सात करोड एकासी लाख ६३ हजार,थाँक्रे गाउँपालिकामा छ करोड उनन्तीस लाख ६६ हजार, त्रिपुरासुन्दरी गाउँपालिकामा चार करोड उनन्साठी लाख ९ हजार ,खनियावास गाउँपालिकामा तीन करोड चौंतिस लाख ३८ हजार र रुवीभ्याली गाउँपालिकामा दुई करोड तेह्र लाख ८६ हजार बेरुजु रहेको छ ।
यसै गरि गजुरी गाउँपालिकामा तीन करोड सैंतिस लाख ८८ हजार, ज्वालामुखी गाउँपालिकामा दुई करोड ६३ लाख तेइस हजार, नेत्रावती डवजोङ गाउँपालिकामा एक करोड त्रिपन्न लाख ३८ हजार,गल्छी गाउँपालिकामा दुई करोड ३५ लाख ९७ हजार,सिद्धलेक गाउँपालिकामा दुई करोड तेह्र लाख ८६ हजार र धुनिबेसी नगरपालिकामा दुई करोड ४१ लाख बेरुजु देखिएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिकामा चौंतिस लाख बीस हजार र वेनिघाटरोराङ गाउँपालिकामा त्रिहत्तर लाख ८७ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।









1zr41v
https://shorturl.fm/TbTre
https://shorturl.fm/j3kEj
https://shorturl.fm/FIJkD
https://shorturl.fm/A5ni8
https://shorturl.fm/FIJkD
https://shorturl.fm/oYjg5