आइपिएल आजदेखि पुन: शुरु

394 पटक पढिएको

३ जेष्ठ २०८२, शनिबार ०६:११ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । भारत पाकिस्तानबीचको तनावले स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) आज देखि पुन: शुरु हुने भएको छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

अहिलेसम्म रोयल च्यालेन्जर्स ११ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै कोलकोताको १२ खेलमा ११ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

प्लेअफमा पुग्न कोलकोताका लागि अब बाँकी सबै ३ खेल जित्नै पर्ने अवस्था रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स भने प्लेअफको नजिक रहेको छ ।

यस सिजनमा रोयल च्यालेन्जर्स र कोलकोताबीच मार्च २२ मा भएको खेलमा रोयल च्यालेन्जर्सले ७ विकेटले जितेको थियो ।