सोप्याङखोलामा वैकल्पिक मार्ग बाट सवारी सञ्चालनमा

391 पटक पढिएको

१४ जेष्ठ २०८२, बुधबार ०६:०७ सम्पादक: धादिङ न्यूज

धादिङ, १४ जेठ २०८१ । धादिङको थाक्रे  गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा रहेको सोप्याङखोलाको पुलमा भ्वाङ परेपछि अबरुद्ध हुन पुगेको पृथ्वीराजमार्गमा मंगलबार साँझ देखि वैकल्पिक मार्ग बाट सवारी आवागमन खुलेको छ ।

मंगलबार बिहान धादिङको थाक्रे गाउँपालिकाको सोप्याङखोलाको पुलमा भ्वाङ परेको थियो । पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

मंगलबार साँझ देखिनै आलोपालो गरेर तर्फको यातायात संचालन गरिएको एसपी सुवेदीले बताए ।

पुरानो पुल नजिकै नयाँ पुल बनाइरहेको छ । नयाँ पुल बनाउने क्रममा पुरानो पुल नजिकै सडक भासिएको थियो ।

पुलमा भ्वाङ परेपछि पृथ्वीराजमार्ग हुंदै काठमाण्डौं जाँदै गरेका सयौं मालवाहक तथा अन्य सवारी साधन सडकमै रोकिन पुगेका थिए । प्रहरीले तत्कालका लागि टोखाबाट नुवाकोट हुंदै गल्छी निस्कने सडकको प्रयोग गर्न सवारी साधनहरुलाई अनुरोध गरेको थियो ।


* * * Snag Your Free Gift: http://conseil-en-face.fr/index.php?nubvci * * * hs=286583ed48c8dcc536cb31a550175b5b* ххх* says:

bkgb7t