बढ्यो इसिडी शिक्षकको तलव

328 पटक पढिएको

१५ जेष्ठ २०८२, बिहीबार १६:४९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सरकारले इसिडी शिक्षकको सेवा सुविधा बढाउने भएको छ । यसका लागि ससर्त अनुदानको रकम बढाएर १० अर्ब १६ करोड रुपैयाँ बनाइएको छ ।

सरकारले ज्येष्ठ नागरिकसहितका सबैखाले सामाजिक सुरक्षा भत्ताका लागि १ अर्ब ९ अर्ब रुपैयाँँ छुट्याएको छ । भत्ताको उमेर सीमा बढाउने चर्चा भए पनि बढाइएन् । यसअघि सरकारले ज्येष्ठनागरिक भत्ता पाउने उमेर ७० वर्ष पुर्याउने भन्दै आएको थियो ।

राष्ट्रिय परिचयपत्र क्रमशः अनिवार्य गराउने सरकारको नीति छ ।

सरकारले दिवा खाजामा १० अर्ब १९ करोड रुपैयाा र छात्राका लागि स्यानिटरी प्याड खरिदका लागि १ अर्ब २९ करोड रुपैयाँ बिनियोजन गरेको छ । जसबाट १३ लाख किशोरलिे लाभ लिने सरकारको भनाइ छ ।