अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
262 पटक पढिएको
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २०.८ प्रतिशत र वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशतको बजेट सार्वजनिक गरेका हुन् ।
अघिल्लो आर्थिक बर्षमा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याइएको थियो ।








https://shorturl.fm/N6nl1