सेनाको मेजर भन्दै ट्याक्सीकै भाडा नतिरेपछि
525 पटक पढिएको
काठमाडौं – आफूलाई नेपाली सेनाको मेजर भन्दै ट्याक्सी चालकलाई धाकधम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षीय रुद्रराज कार्की रहेका छन्।
उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।
न्यौपानेका अनुसार कार्की कौशलटारबाट बा.प्र.०१-००२ ज ६७३९ नम्बरको ट्याक्सी इन्ड्राइभ गरी चढेका थिए।
भाडा मागेपछि भक्तपुर नगरपालिका-२ व्यासी बस्ने चालक मनोज न्यौपानेलाई कार्कीले धाकधम्की दिई भाडा तिरेनन्।
यसपछि पीडितले प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको न्यौपानेले बताए।
यस्तै, शुक्रबार अपराह्न ४ बजे कौशलटारबाट नक्कली डिएसपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा बारियारपट्टी गाउँपालिका-५ घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका २७ वर्षीय काशिन्द्र कुमार ठाकुर रहेका छन्।
मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरीमा ठगीमा परेका पीडितहरूको पैसा उठाइदिने भन्दै उनले आफूलाई डिएसपी बताउने गरेका थिए।
वृत्त ठिमी भक्तपुरबाट खटिएको टोलीले काशिन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।








https://steroidwiki.com/forum/topic/2679-car-rental-protugal-airport.html
https://shorturl.fm/TDuGJ
https://shorturl.fm/fSv4z
https://shorturl.fm/xlGWd
https://shorturl.fm/Kp34g
https://shorturl.fm/0EtO1
https://shorturl.fm/fSv4z
https://shorturl.fm/fSv4z