बहुविवाह मुद्दाका फरार प्रतिवादी नर बहादुर पक्राउ
376 पटक पढिएको
धादिङ । धादिङको सुनौलावजारबाट बहुविवाह मुद्दाका एक फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका-६ सुनौलाबजार नवलपुरका ४१ वर्षीय नर बहादुर राना रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुवास हमालले जानकारी दिनुभयो ।
धादिङ जिल्ला अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएकोमा वारदात पश्चात् फरार रहेका रानालाई इलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
रानालाई आवश्यक कारवाहीको लागि धादिङ जिल्ला अदालतमा बुझाईएको छ ।








https://shorturl.fm/YZRz9
https://shorturl.fm/PFOiP
https://shorturl.fm/uyMvT