पेट्रोलियम पदार्थको मूल्य बढ्यो

257 पटक पढिएको

१८ जेष्ठ २०८२, आईतवार ०५:३८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले शनिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५९ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४३ भएको निगमले जनाएको छ ।