नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित
429 पटक पढिएको
धादिङ, १९ जेठ २०८२ । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्।
आईतबार भएको निर्वाचनमा धादिङ सिद्धलेक गाउँपालिका परेवाटारका गजेन्द्र प्रसाद थपलिया अध्यक्षमा निर्वाचित भएका हुन्।थपलियाले १५४ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्प्रधि दिपेन्द्र भण्डारीले १०४ मत पाए । अध्यक्षमा निर्वाचित हुने उनै गजेन्द्र थपलियाको योजनामा नेपालमा तुईन विस्थापित गर्ने अभियानको नेत्तृत्व गरेका थिए । उनकै योजना अनुसार देशका धेरै ठाउँमा तुईन हटाएर झोलुङ्गे पुल निर्माणको थालनी भएको थियो ।
थपलियाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्गजस्ता ठूला पूर्वाधार परियोजनाहरु अगाडि बढाउन मुख्य भूमिका निर्वाह गरेका थिए । थपलिया नेकपा एमालेको शहरी विकास विभाग सचिव समेत हुन्।








https://shorturl.fm/0oNbA