धार्के सितापाईला सडक कालोपत्र हुन अब चार सय मिटर बाँकी

723 पटक पढिएको

२३ जेष्ठ २०८२, शुक्रबार ०७:४९ सम्पादक: धादिङ न्यूज

धादिङ, जेठ २३ । देशका विभिन्न जिल्लालाई सडक मार्ग हुंदै राजधानी काठमाण्डौं सँग जोड्ने मुख्य नाकाका रूपमा रहेको कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको विकल्पमा निर्माण गरिएको धार्के–सीतापाइला सडकखण्डमा अब चार सय मिटर कालोपत्र हुन बाँकी रहेको छ ।

सडक खण्डको काठमाडौँतर्फको भागमा कालोपत्र सम्पन्न भएको छ भने धादिङ तर्फ चार किलोमिटर खण्ड कालोपत्र हुन बाँकी रहेको नुवाकोट सडक डिभिजन कार्यालयले जनाएको छ ।

केही सयम यता काठमाडौँबाट बाहिरिने वा काठमाडौँ भित्रिने सवारीसाधनका लागि रोजाइमा पर्ने गरेको यो सडकको दुरी कुल २४ किलोमिटर रहेको छ । काठमाडौँतर्फ सीतापाइलादेखि ठुलोखोलासम्म दस किलोमिटर र ठूलोखोला देखि धार्के सम्म धादिङ तर्फ १४ किलोमिटर यो सडक रहेको छ ।

कलङ्की–नागढुङ्गा–नौबिसे हुँदै राजधानी भित्रिने र बाहिरिने सवारीसाधनको अत्याधिक चापले दिनहुँ सास्ती हुने गरेको छ । धार्के–सीतापाइला खण्डको निर्माणसँगै राजधानी भित्रिने र बाहिरिने सवारीसाधनका लागि नागढुङ्गाको जाम बाट पार पाउन यो सडक उपयुक्त बनेको छ ।

सडकखण्ड निर्माणका लागि काठमाडौँतर्फको काम काठमाडौँ सडक डिभिजन कार्यालयमार्फत र धादिङतर्फको काम नुवाकोट सडक डिभिजन कार्यालयमार्फत भइरहेको छ । जस्मा दुवैतिर सडक विस्तार गर्ने, चौडा गर्ने तथा ढुङ्गाको पर्खाल लगाउने, कल्भर्टसहित आवश्यक पूर्वाधारको काम भईरहेको छ ।

नुवाकोट सडक डिभिजन कार्यालयका प्रमुख सुबोधकुमार देवकोटाका अनुसार कुल सडकमध्ये चार सय मिटर मात्र कालोपत्र हुन बाँकी रहेको छ । ठुलोखोला क्षेत्रमा करिब दुई सय मिटर र धार्के क्षेत्रमा दुई सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ । असारसम्ममा बाँकी रहेको कालोपत्रको काम सम्पन्न हुने देवकोटाले वताउनु भयो ।

यो सडकखण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ) देखि रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्के पुग्ने छ । सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यस सडकखण्डको चौडाइ १२ मिटरको छ भने ।

सीतापाइला (चक्रपथ) देखि ठुलोखोला सम्म कुल दस किलोमिटर काठमाडौँ सडक डिभिजन कार्यालयको मातहतमा र ठुलोखोलादेखि धार्केसम्मको १४ किलोमिटरको निर्माण कार्य नुवाकोट सडक डिभिजन कार्यालय मातहतमा भइरहेको छ ।

२४ किमीको विकल्पमा २४ किमी नै धार्केदेखि कलङ्कीसम्मको दुरी २४ किलोमिटर छ भने त्यसै गरी धार्केदेखि सीतापाइलासम्मको दुरी पनि २४ किलोमिटर नै छ । यो सडक दुई लेनको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौँ आउन दुई वटा विकल्प तयार हुने छ । धार्के–सीतापाइला खण्डको निर्माण सम्पन्न भएसँगै नागढुङ्गामा सानो समस्या आए पनि वा गाडी बिग्रे पनि घण्टौँ रोकिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन कुवेत सरकारले तयार पारेको थियो । कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको सवारी चापलाई घटाउन २०४५ सालमा नै यो सडक निर्माणको अवधारणा ल्याइएको थियो । सरकारले सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दुरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ ।


🔐 + 1.154319 BTC.NEXT - https://yandex.com/poll/enter/47uYv1jDg9Q2bCy1CSWpTp?hs=93c29578ae1ba0ed6939673fa9c39107& 🔐 says:

sm4om3

📆 Message; Operation 1.878655 BTC. Next >> https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=93c29578ae1ba0ed6939673fa9c39107& 📆 says:

s0cig0