जबरजस्ती करणी गरेको अभियोगमा सिद्धलेक १ का एक बहादुर पक्राउ

472 पटक पढिएको

२४ जेष्ठ २०८२, शनिबार १९:३४ सम्पादक: धादिङ न्यूज

 

धादिङ, २४ जेठ २०८२ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको सिद्धलेक गाउँपालिका-१ बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरेलाई  प्रहरीले पक्राउ गरेको छ ।

एक बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सिद्धलेकबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यसै गरी प्युठानमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठानको नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


🔔 Ticket- + 1,219693 BTC. Go to withdrawal => https://yandex.com/poll/enter/47uYv1jDg9Q2bCy1CSWpTp?hs=f00793e1fcdea8558376466feca0ab24& 🔔 says:

2bj6lz